प्रधानमन्त्रीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन – Kanika Khabar
Friday, October 16Nepali News Portal

प्रधानमन्त्रीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

    मा प्रकाशित

माघ २६, काठमाडौं ।
रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आज अवलोकन गरेका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ । राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो ।

मुलुकभित्र र बाहिरका सम्पूर्ण देशप्रेमी र इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले पृथ्वीनारायण शाह र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पन तथ्यपरक सामग्री उक्त केन्द्रमा उपलब्ध हुने छ । केन्द्रमा शाहवंशीय वंशवृक्ष, राष्ट्र निर्माताको ५२ हातको हस्तलिखित जन्मकुण्डली र युद्धका लागि निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तकलगायत सामग्री राखिएका छन् । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्