भारत उत्तराखण्डको धौलीगंगा नदीमा आएको बाढीका कारण १ सय ५० भन्दा बढी बेपत्ता – Kanika Khabar
Sunday, October 18Nepali News Portal

भारत उत्तराखण्डको धौलीगंगा नदीमा आएको बाढीका कारण १ सय ५० भन्दा बढी बेपत्ता

    मा प्रकाशित

एजेन्सी ।
भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १ सय ५० भन्दा बढी बेपत्ता भएका छन् । गृहमन्त्री अमित शाहले प्रभावित स्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाईएको बताउनुभएको छ ।

धौलीगंगा सहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको छ । बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ । ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्