नेपालमा एकैदिन ७९ जना नयाँ कोरोना संक्रमित थपिए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा एकैदिन ७९ जना नयाँ कोरोना संक्रमित थपिए

    मा प्रकाशित

कनिका डेस्क

जेठ १२, दाङ ।

नेपालमा एकैदिन ७९ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा नयाँ ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

यसअघि आज बिहान मात्रै ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, भेरी अस्पताल बाँके, प्रादेशिक अस्पताल सुर्खेत, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा गरि आज एकै दिन ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । जसमा ६ सय २ जना पुरुष र ८० जना महिला रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्