प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै – Kanika Khabar
Friday, October 16Nepali News Portal

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

    मा प्रकाशित

कनिका खबर

माघ २७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जाने तयारीमा हुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–नेपाल नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दावी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानु भएन । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जान लाग्नुभएको हो । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दावी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्नु हुने बताइएको छ । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गर्नुभएको छ भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्