नेपाल–फ्रान्स दुई पक्षिय परामर्श संयन्त्रको बैठक सम्पन्न – Kanika Khabar
Sunday, October 18Nepali News Portal

नेपाल–फ्रान्स दुई पक्षिय परामर्श संयन्त्रको बैठक सम्पन्न

    मा प्रकाशित

कनिका खबर
माघ २७, काठमाडौं

नेपाल–फ्रान्स दुई पक्षिय परामर्श संयन्त्रको बैठक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा दुई पक्षीय सम्बन्ध र सहकार्यका वृहत्त विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१९ को जुन महिनामा प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेयताको समग्र सम्बन्धको विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ । दुईपक्षीय व्यापार र लगानी, प्रविधिको हस्तान्तरण र पर्यटन क्षेत्रमा सहकार्यलगायतका विषयमा पनि छलफल भएको थियो । त्यसैगरी कोभिड–१९ का सहकार्यको विषयमा समेत कुराकानी भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्