नेपालले खेल्ने भनिएको त्रिकोणात्मक सिरिज स्थगित – Kanika Khabar
Friday, October 16Nepali News Portal

नेपालले खेल्ने भनिएको त्रिकोणात्मक सिरिज स्थगित

    मा प्रकाशित

कनिका खबर
माघ २७, काठमाडौं

आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आईसिसी विश्वकप लिग–२ को खेल स्थगित भएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ अर्थात् चैत ६ देखि १५ सम्म खेल्ने कार्यक्रम रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमानले ७ दिनको क्वारेन्टाइन खर्च आईसिसीलाई तिर्न प्रस्ताव गर्दै आएकोमा आइसिसीले उक्त भार नबेहोर्ने भनेपछि सिरिज स्थगित भएको छ । तर, ओमान र आइसिसीले भने यस विषयमा कुनैपनि औपचारिक रुपमा क्यानलाई जानकारी नगराएको क्यानले जनाएको छ । अमेरिकाले ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण रद्द गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्