कनिका खबर
माघ २७, तनहुँ
सगरमाथा सञ्चार सेवा रेडियो देवघाटको दशौं वार्षिकोत्सवको अवसरमा ४ जना कर्मचारी सम्मानित भएका छन् । हिजो भएको दशौं वार्षिकोत्सवका अवसरमा रेडियोका स्टेशन म्यानेजर सुवास लामिछाने, बजार प्रवन्धक गोपाल चन्द्र न्यौपाने, प्राविधिक खगराज गुरुङ्ग र सुरक्षाकर्मी खड्क बहादुर बाचे नगद सहित सम्मानित भएको बताइएको छ । दशौं वार्षिकोत्सवको अवसरमा हिजो भएको महिला समुह स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले सामुदायिक रेडियो देवघाटले सञ्चार क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । देवघाट गाउँपालिकाले रेडियोसँग सहकार्य गर्दै अघि बढ्ने पनि उहाँले बताउनुभयो ।


