सरकारले निर्वाचनकाे टुङ्गाे लगायाे : कुन प्रदेशमा कुन चरणमा हुने निर्वाचन ? – Kanika Khabar
Sunday, October 18Nepali News Portal

सरकारले निर्वाचनकाे टुङ्गाे लगायाे : कुन प्रदेशमा कुन चरणमा हुने निर्वाचन ?

    मा प्रकाशित

कनिका खबर
माघ २७, दाङ ।
सरकारले निर्वाचनको तयारीलाई तीव्र रूपमा अगाडि बढाएकाे छ । निर्वाचनका गतिविधिलाई अगाडि बढाइरहेकाे सरकारले दुई चरणमा निर्वाचन गर्ने जिल्लाको पनि टुंगो लगाइसकेकाे छ ।
हिजाे सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई चरणमा निर्वाचन गराउन जिल्ला छुट्याएको छ ।
सरकारले प्रदेशका आधारमा पहिलो चरणमा वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने तयारी थालेकाे छ ।

पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।
त्यस्तै दोस्रो चरणमा २७ वैशाखमा बाँकी तीन प्रदेशमा निर्वाचन गराउने निर्णय गरिएको मन्त्री गुरूङले जानकारी दिए ।
प्रदेश १, बाग्मती र कर्णालीमा दोस्रो चरणमा निर्वाचन हुनेछ।
कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो। सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्