पछिल्लो २४ घण्टामा १सय ६० जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Saturday, October 17Nepali News Portal

पछिल्लो २४ घण्टामा १सय ६० जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

माघ २२, दाङ ।
नेपालमा गत २४ घण्टामा १ सय ६० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड(१९ राष्ट्रिय अद्यावधिक विवरण अनुसार आज चार हजार तीन सय नौ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

हालसम्म नेपालमा २१ लाख एक हजार ५९ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ । नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३ दशमलब ७१ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्