स्थानीय सरकारलाई दिइएको एसईईको जिम्मा अब केन्द्र सरकार मातहतमै – Kanika Khabar
Friday, October 16Nepali News Portal

स्थानीय सरकारलाई दिइएको एसईईको जिम्मा अब केन्द्र सरकार मातहतमै

    मा प्रकाशित

कनिका खबर
माघ २८, काठमाडौं
यो वर्षदेखि सङ्घीय सरकारले नै माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । अस्ति बसेको मन्त्रिपरिषद् बैठकले पुनः राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । शिक्षा सचिव गोपीनाथ मैनालीले सरकारको यो निर्णयले विद्यालयले आफै मूल्याङ्कन गर्दा देखिएका समस्या नआउने बताउनुभयो । २०७६ चैतमा स्थगित एसईई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्