प्रत्येक सञ्चार गृहलाई एक–एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय – Kanika Khabar
Friday, October 23Nepali News Portal

प्रत्येक सञ्चार गृहलाई एक–एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
माघ २८, काठमाडौं
कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक–एक लाख दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरोना महामारीको असर सञ्चार क्षेत्रमा परेकाले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने निर्णय गरेको बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्