रूसको कोमी क्षेत्रमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु – Kanika Khabar
Friday, October 23Nepali News Portal

रूसको कोमी क्षेत्रमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
माघ २८, दाङ
रूसको कोमी क्षेत्रमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । रुसको समाचार संस्था (तास) का अनुसार कोमी राज्यको राजधानीमा आगलागी भएको हो । आगलागीपछि घटनास्थलमा उद्दारकर्मी पुग्दा कम्तिमा पाँच जनाको मृत्यु भइसकेको थियो । आगलागीमा परेर मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका अधिकारीहरुले जनाएका छन् । प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही व्यक्ति घाइते भएका छन् । आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्