रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा – Kanika Khabar
Friday, October 16Nepali News Portal

रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

    मा प्रकाशित

कनिका खबर
माघ २८, दाङ

रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै मड्रिड दोस्रो स्थानमा उक्लिएको हो । २२ खेल खेलेको मड्रिड ४६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५१ अङ्कका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको भने ४३ अङ्क रहेको छ । सान्टियागो बर्नबाउमा साविक विजेता रियलले नयाँ सिजनको सुरुआतमा ९ जना सुरुआती टिमका खेलाडीलाई इन्जूरी तथा प्रतिबन्धका कारण गुमाएको थियो । त्यसैले उसको सुरुआत नै कमजोर र कठिन बन्यो । करिम बेन्जिमाले ६० औं मिनेटमा हेड गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । उहाँको यो २७ खेलमा १६ औं गोल हो । गेटाफेबिरुद्ध इडेन हाजार्ड, फेडेरिको भाल्भर्डे, टोनी क्रुस, अल्भारो ओडजियोजाला, कप्तान सर्जियो रामोस पनि अनुस्थित थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्