मा प्रकाशित
माघ २८, दाङ ।
नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको भन्दै सबै दलहरुको सरोकारको बिषय भएको बताउनुभयो ।
पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यस विरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले काँग्रेस, जनता समाजवादी पार्टी लगायतका दलहरुलाई संयुक्त आन्दोलन गर्नमा सामेल हुन आग्रह गर्नुभयो ।


