सिकाइका लागि सर्वोत्कृष्ट विधि भनेकै मन्टेश्वरी विधि हो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सिकाइका लागि सर्वोत्कृष्ट विधि भनेकै मन्टेश्वरी विधि हो

    मा प्रकाशित

दाङमा नवस्थापित राजविद्या पाठशाला र त्यसअन्तर्गतको राजविद्या मन्टेश्वरीमा आखिर के छ त खास ? पछिल्लो समयमा मोफसलमा बिस्तारित हुँदै गएको मन्टेश्वरी शिक्षा के हो र कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा कनिका संवाद टिमले राजविद्या पाठशालाकी मन्टेश्वरी संयोजक सम्झना शर्मासँग गरिएको कुराकानीको सार संक्षेप । (सम्पादक)

कनिकाा संवादमा तपाईंलाई स्ववागत छ ?
धन्यवाद !

शिक्षण पेसामा यहाँको कति अनि कस्तो अनुभव छ ?

मेरो शिक्षण अनुभवबारे भन्नुपर्दा विगत दस वर्षदेखि राप्ती अञ्चलका सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक र पूर्व प्राथमिक तहमा अध्यापन अनुभव रहेको छ । अध्यापनकै क्रममा मैले विभिन्न बाल मस्तिष्कसँग खेल्ने र अध्ययन गर्ने मौका पाएँ । अध्यापनका अनेक विधिहरूमध्ये मैले मन्टेश्वरी विधि प्रयोग गरी सकाउँदा बालबालिकामा चामत्कारिक रूपमा सिक्ने उत्साह बढेको देखेँ । दसौँ वर्षको शिक्षण अनुभवमा ससाना बाबुनानीहरूको सिकाइका लागि सर्वोत्कृष्ट विधि भनेकै मन्टेश्वरी विधि हो भन्ने मेरो निष्कर्ष रहेको छ ।अबका दिनहरूमा राजविद्या मन्टेश्वरीमा म पूर्ण समर्पित भई लागिरहँदा हरेक अभिभावक तथा बालबालिकाको रोजाइ राजविद्या हुनेछ भन्नेमा म विश्वस्त छु ।

अहिले बजारमा राजविद्याको निकै चर्चा पाइन्छ, मन्टेश्वरी संयोजक भएका हैसियतले हजुरले राजविद्या मन्टेश्वरीलाई कसरी चिनाउनुहुन्छ ?
हजुर,अब विशुद्ध शिक्षा क्षेत्रका अनुभवी व्यक्तिहरूकाे दुरदर्शी योजनासहित शान्त,हराभरा, सुविधा सम्पन्न वातावरणमा अनि फेरि आफ्नै
सक्रियतामा नयाँ विद्यालय खुलिरहँदा सर्वत्र चर्चा हुनु स्वाभाविकै हो । अब राजविद्या मन्टेश्वरीलाई सामान्य रूपमा चिनाउनुपर्दा
२ देखि ६ वर्षसम्मका नानीबाबुहरूलाई अत्यन्त रमाइलो र स्नेहपूर्ण वातावरणमा सर्वाङ्गीण विकासका लागि योजनाबद्ध रूपमा अघि बढिरहेको विद्याको पवित्र मन्दिर भनी चिनाउन चाहन्छु ।

 हजुरले अन्तर्वार्तामा सामान्य रूपमा भन्ने शब्द प्रयोग गर्नुभयो यसभन्दा बढी राजविद्याका केही अन्य विशेष कुरा छन् र ?
हजुर अवश्य पनि छन् ।बजारमा राम्रा मानिएकादेखि लिएर  राम्रो बन्ने प्रयासमा रहनुभएका सबै मन्टेश्वरी विद्यालयले आखिर यहीँ
कुरा नै भन्नुहुन्छ र भन्ने पनि यहीँ हो तर राजविद्यामा मैले अघि  भनेका प्रत्येक शब्दहरूलाई कार्यान्वयनको उच्चतम् स्थानमा
पु¥याइन्छ । जसबाट बाबुनानीहरू हर्दम सन्तुष्ट,प्रफुल्ल अनि बौद्धिक,नैतिक,भाषिक तथा सामाजिक रूपमा उत्कृष्ट बन्नुहुनेछ ।यसलाई
अझ प्रस्ट्याउनुपर्दा वास्तवमा मारिया मन्टेश्वरीले इटलीमा आफ्नै भाषा,संस्कृतिमा त्यहीँका बाबुनानीहरूलाई अनेक गतिविधिहरूमा प्रत्यक्ष सहभागी गराएर हरेक बालबालिकालाई उत्कृष्टताको एउटा तहमा पु¥याउनुभएको थियो ,ठिक त्यसैगरी हामी पनि यी हाम्रा साना कोपिलाहरूलाई हाम्रै मौलिक संस्कृति पछ्याउँदै र शिक्षासम्बधी आधुनिक मान्यताका असल ज्ञान ,सीप अनुकरण गर्दै क्रमशः विद्या,सद्विद्या र ब्रह्मविद्याले सुशोभित गराउने महान् उद्देश्यका साथ लागिरहेका छौँ र हाम्रा अभिभावकले बाबुनानी विद्यालय आएको केही दिनमै हाम्रो मुक्तकण्ठले प्रशंसा गरिरहँदा हामी उत्साहित पनि छौँ ।

 विशेष गरी विद्यालय आउन भर्खर सुरु गर्नुभएका साना बाबुनानीहरूलाई विद्यालयमा केकस्ता गतिविधि गराउनुहुन्छ ?

निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो, हामीले १ वा २ दिन बाबुनानीहरूलाई विद्यालय वातावरणमा समायोजित गराउँछौँ ।त्यसपछि हरेक दिन समयतालिकाअनुसार आधारभूत सीप र ज्ञानगुनका कुराहरू सिकाउँछौँ । हामीसँग शैक्षिक तथा खेलकुदका सामग्री प्रशस्त छन् । जसबाट कक्षाका सबै बाबुनानीहरूलाई एकैपटक आफ्ना गतिविधि सञ्चालन गर्न सक्छौँ ।

पहिलो कक्षामा अर्थात् प्ले ग्रुपमा हामीले अङ्ग्रेजी भाषाका केही र नेपाली भाषाका अलि बढी नै सामान्य शब्दहरू सुनाउँछौँ ।त्यसपछि उहाँहरूले पनि ती शब्दहरू स्वतःस्फूर्त रूपमा अनुकरण गर्ने प्रयास गर्नुहुन्छ, अनि गल्ती भएमा हामी त्यसलाई सच्याइँदिन्छौँ । यसरी हामी सर्वप्रथम बोलाइ सीपलाई जोड दिन्छौँ ।फेरि बोलाइ सीप सिकिरहँदा त्यही बोलाइमा पनि हामी मधुरता र मीठासपन भरिदिन्छौँ । हाम्रा अभिभावकहरूले साता दिनपछिबाटै विशेष प्रगति भएको बताउनुहुन्छ । यसरी सुनाइ सीप पछि बोलाइ सीप अनि त्यसपछि क्रमशः पढाइ र लेखाइमा प्रवेश गर्छौँ । त्यससँगसँगै साना बाबुनानीहरूलाई अङ्ग सञ्चालन र शारीरिक नियन्त्रणका विभिन्न क्रियाकलाप गराउँछौँ त्यसपछि बल्ल दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सीप जस्तै कपाल कोर्न सिकाउने,जुत्ताको तुना बाँध्न सिकाउने,ब्रस गर्न सिकाउने,सर्टको टाँक लगाउन सिकाउने आदि कुराहरू सिकाउँछौँ ।वास्तवमा बजारमा मन्टेश्वरीको ढ्याङ्ग्रो बजाउने त धेरै छन् तर त्यसप्रति अभिभावक सचेत बन्न म जरुरी ठान्दछु । साथै मन्टेश्वरी कस्तो हुनुपर्छ ? भनी बुझ्न एकपटक राजविद्या मन्टेश्वरीमा कम्तीमा अवलोकनकै लागि भए पनि आएर स्पष्ट बनिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

यो त ठिक छ , अनि बालबालिकाको स्याहार,सुरक्षा र सुविधालाई चाहिँ विद्यालयले कसरी व्यवस्थापन गरेको छ नि ?
हजुर ,यो झन् महत्त्वपूर्ण सवाल हो । बालबालिकाको स्याहार,सुरक्षा र सुविधा अर्थात् वातावरण उचित भएन भने हाम्रा अन्य प्रयास बालुवामा पानी खनाए जसरी अर्थहीन हुन्छन् । हामीसँग छुट्टै मन्टेश्वरी भवन छ,त्यसभित्र फराकिला कक्षाकोठा र ठुलाठुला झ्यालहरू छन् । सफा,रङ्गीचङ्गी कुर्सी, टेबलहरू छन् । जताततै बालमैत्री वातावरण छ । प्रत्येक कक्षामा एसी छ ।बाक्ला र ताता गलैचा अनि बिस्तारा छन् । खेल्ने ठाउँ पनि सुरक्षित छ ।बाबुनानी ठोकिने वा चोटपटक लाग्ने ठाउँ कहीकतै छैन् । यदि आक्कलझुक्कल सानातिना चोटपटक लागिहालेमा राजविद्याले बालबालिकाको स्वास्थ्य र सुरक्षाका लागि एक जना नर्स पनि नियुक्त गरेको छ । हर समय सी.सी.टी.भी. बाट प्रत्यक्ष निगरानीको व्यवस्था छ ।मन्टेश्वरीतर्फका नानीबाबुलाई बिहान साढे नौ बजे नास्ता ,मध्याह्न सवाँ बाह्रमा खाना र दिउँसो ३ बजे खाजाको व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको छ ।विद्यालयको आफ्नै एसी सुविधायुक्त सवारीले बाबुनानीहरूलाई ढोकासम्मै लिन जाने र ढोकासम्मै पु¥याउन जाने सुविधा छ ।

 यहाँले भनेअनुसार सेवा सुविधा त पर्याप्त नै छ,तर मानिसहरू शुल्क अलि महङ्गो छ भन्छन् नि ,के हो कुरो ?
हाँ…हाँ…हाँ.. ए,त्यसो पो भन्नुहुन्छ ?तर… यहाँले भनेजस्तै कताकति कुराहरू मेरो कानसम्म पनि आइपुगेका थिए । तर वास्तवमा यो सत्य होइन ।अब म यहाँलाई के स्पष्ट पार्न चाहन्छु भने सुहाउँदो शुल्कमा सुविधासहितको संस्कारयुक्त शिक्षाका लागि राजविद्या पाठशाला हो । यदि अभिभावकले आफूले खासै महत्त्व नभएका क्षेत्रमा गरिने खर्च या भनौँ फजुल खर्च हुन्छ नि, हो त्यसमा केही कटौती गर्ने हो भने पनि उहाँहरूले आफ्ना सन्नतिलाई यहाँ पढाउन सक्नुहुन्छ ।यतिका धेरै विशेषता भएको विद्यालयमा महिनामा सबै शुल्क जोड्दा पनि आठ,दस हजार जति पर्न आउँछ ।वास्तवमा भन्नुपर्दा सर्वसुलभ र सुहाउँदो रकम नै हो भन्ने मलाई लाग्छ ।

अन्त्यमा यहाँलाई भन्न मन लागेका केही भन्नू छ ? 
अन्त्यमा म के भन्दछु भने आजका बालबालिका भोलिका दिनहरूमा राष्ट्रका गहना बन्नुपर्छ न कि बोझ । अहिले हामीले हाम्रा सन्ततिलाई दिने ज्ञान,सीप र संस्कारले भोलिको हाम्रो समाज,हाम्रो राष्ट्र कस्तो बन्ने भन्ने कुरा निर्धारण हुन्छ ,तसर्थ सही बाटोमा पाइला चाल्न सामान्य किसिमका आर्थिक कुराहरूलाई समस्या नमान्नुहोस् ।किनकि आर्थिक समस्या त सबैका सधैँका समस्या हुन् ।मलाई मेरा हजुरबाले शिक्षा र संस्कारको महत्त्व बुझाउँदै के भन्नुहुन्थ्यो भने यदि सन्तान सुपुत्र भए पनि सम्पत्ति थुपारेको अर्थ हुँदैन र सन्तान कुपुत्र भए पनि सम्पत्ति थुपारेको अर्थ हुँदैन ।अनि मैलै कसरी भनी सोध्दा उहाँ भन्नुहुन्थ्यो सुपुत्रले सत्कर्मबाटै मान र धन दुवै कमाउँछ भने कुपुत्रलाई बाबाआमाले धन हावामा उडाउँदै अपमान कमाउँछ ।वास्तवमा कुरा सही पनि हो ।त्यसैले बालबालिकाका बारेमा आजैदेखि सोचौँ भन्न चाहन्छु ।

 अन्तर्वार्ताका लागि यहाँलाई धन्यवाद् !
हाम्रो विद्यालयसम्म आई विद्यालयका बारेमा हाम्रा शुभेच्छुकहरूका जिज्ञासा मेटाइदिएर अनि आफ्ना व्यक्तिगत अनुभवसमेत बाँड्ने सुनौलो अवसर प्रदान गर्नुभएकामा यहाँलाई अनि यहाँका सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गर्दछु । हवस्त धन्यवाद /

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्