दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी – Kanika Khabar
Friday, October 16Nepali News Portal

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

    मा प्रकाशित

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी ।।दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ ७ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बीबीसीले लेखेको छ । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । यद्यपि भूकम्पले पु¥याएको क्षतिको विवरण आइसकेको छैन । यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ । यसैगरी अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३ दशमलव ३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्