राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै – Kanika Khabar
Thursday, October 22Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

    मा प्रकाशित

कनिका खबर
माघ २९, दाङ
राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । वालिङ ७ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अङ्कबिहीन रहदै पुछारमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ । आर्मी र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । आर्मी विराटनगरलाई हराएर शीर्ष स्थानको एपीएफलाई दबाब दिन चाहन्छ । आर्मी १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्