म्यानचेस्टर सिटी, एफए कप फुटबलको क्वाटरफाइनलमा – Kanika Khabar
Saturday, October 24Nepali News Portal

म्यानचेस्टर सिटी, एफए कप फुटबलको क्वाटरफाइनलमा

    मा प्रकाशित

कनिका खबर
माघ २९, दाङ
म्यानचेस्टर सिटी, एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गर्नुभयो । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काउनुभएको थियो । खेलको ३० औं मिनेटमा वाल्करले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ । सिटीले सन् १९८७÷८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो । यस्तै लेष्टर सिटीले ब्राइटनलाई १–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्