चितवनको भरतपुर अस्पतालमा एक जना बिरामीको उपचारको क्रममा मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

चितवनको भरतपुर अस्पतालमा एक जना बिरामीको उपचारको क्रममा मृत्यु

    मा प्रकाशित

कनिका डेस्क

जेठ १२, दाङ ।

चितवनको भरतपुर अस्पतालमा एक जना बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । बुटवलबाट रेफर भएर आएका ४८ वर्षका पुरुषको कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

गयराति साढे १२ बजेतिर गम्भिर अवस्थामा अस्पताल ल्याइएका उनको आज बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा छाती दुख्ने, वान्ता हुने, स्वास फेर्न गाह्रो हुने लगायतको समस्या देखिएको थियो ।

नवलपरासीको रामग्राम–५ का उनलाई बुटवल सिटी अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि त्यहाँबाट भरतपुर रेफर गरिएको थियो । उनको कोरोना परीक्षणको लागि बुटबलमा नै स्वाब संकलन भएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्