लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु – Kanika Khabar
Sunday, October 18Nepali News Portal

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    मा प्रकाशित

अनुज अधिकारी
माघ ३०, लमजुङ /
लमजुङको दोर्दी गाउँपालिका ६ सिमी गाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको बोलेरो जिप हिजो साँझ ५ बजेतिर माथिल्लो सिमी र ताँजे गाउँ जाने दोबाटो नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा सवार ३ जना घाइते भएको र घाइतेमध्ये २ जना स्थानीय स्कुले बालबालिका रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ताँजे क्षेत्रमा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना (ख) मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षका इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षका इन्जिनियर प्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षका किशोर राई रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

घाइते हुनेमा धरानका इन्जिनियर सुनिलकुमार साह, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत अनु घले र कक्षा ६ मा अध्ययनरत सुजन विक रहेको स्थानीय टकलाल गुरुङले बताउनुभयो । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्