फिफा क्लब विश्वकपको उपाधि बार्यनलाई – Kanika Khabar
Thursday, October 22Nepali News Portal

फिफा क्लब विश्वकपको उपाधि बार्यनलाई

    मा प्रकाशित

एजेन्सी ।
फिफा क्लव विश्वकपको उपाधि जर्मन क्लब बार्यन म्युनिखले जितेको छ । फाइनलमा मेक्सिकन क्लव टिग्रेसलाई एक शुन्यको झिनो अन्तरले हराउँदै बार्यनले सात वर्षपछि प्रतियोगिताको उपाधि जितेको हो ।

बार्यनले समग्रमा क्लव विश्वकपको उपाधि दोस्रो पटक जितेको हो ।कतारको दोहामा भएको फाइनलमा मेक्सिकन टिग्रेसलाई हराउनका लागि पाभार्डको एकमात्र गोल निर्णायक बन्यो । युरोपियन च्याम्पियनले क्लव विश्वकपको उपाधि जितेको यो लगातार आठ वर्ष भएको छ । अघिल्लो सिजनमा लिभरपुलले यो प्रतियोगिताको उपाधि जितेको थियो ।

बार्यनले पछिल्लो नौ महिनामा यूइएफए सुपर कप, जर्मन सुपर कप, बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जितेका थियो । बार्यनले अन्तिम पटक यो प्रतियोगिताको उपाधि सन् २०१३ मा जितेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्