
कनिका खबर
माघ ३०, दाङ ।
सोनाम ल्होसारको अवसरमा दाङको घोराहीमा अवस्थित राजविद्या पाठशालाले विविध कार्यक्रम गरी मनाएको छ ।
तामाङ समुदायको ठुलो पर्व तथा नयाँ वर्षको अवसरमा पाठशालाले ल्होसारका बारेमा जानकारी गराउने खालका कार्यक्रमको आयोजना गरी मनाएको पाठशालाका प्रिन्सिपल टीकाजङ बि.के. ले जनाएका छन् । उनले भने, ‘ नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको र विभिन्न समुदायसँग सम्बन्धित पर्वहरु पर्र्ने भएकाले हामीले बालबालिकालाई ती पर्व एवम् संस्कारका बारेमा जानकारी दिने उद्देश्यले यस्ता अवसरमा विद्यालयमा कार्यक्रमको आयोजना गर्दै र्आका छौँ ।’ उनले थपे,‘हामीले विद्यालय तहबाट नै विद्यार्थीहरुलाई विविधताका बारेमा जानकारी दिदै समानताको अभ्यास गराउन जरुरी छ । ल्होसारको बारेमा विद्यार्थी सार्वजनिक विदालाई उपयोग गरी घरमा बस्दा ल्होसारको बारेमा अनविज्ञ हुन्छन नै तर यही पर्वका बारेमा सम्बन्धित कार्यक्रममा सहभागी हुँदा पर्वका बारेमा जान्ने अवसर प्राप्त गर्दछन् । त्यसैलेृ हामीले यस्ता सांस्कृतिक एवम् राष्ट्रिय महत्व बोकेका पर्व तथा दिवसमा विद्यालयमा नै कार्यक्रमको आयोजना गरी मनाउने गरेका छौँ ।’

ल्होसार पर्व एवम् यस्ता अन्य पर्व र दिवसका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विद्यालयमा नै कार्यक्रमको आयोजना गरी मनाउने गरेको पाठशालाकी मन्टेश्वरी कोअर्डिनेटर सम्झना शर्माले बताइन् । ‘आजको कार्यक्रममा ल्होसार पर्वमा खाइने परिकार खुवाउनुका साथ ल्होसा्र पर्वका अवसरमा गरिने गतिविधिमा विद्यार्थीलाई सहभागी गराएर मनाएका हौँ ।’ शर्माले भनिन् । उनले थपिन, ‘यसका साथै आजको कार्यक्रमलाई विभिन्न सांस्कृतिक पोसाकका बारेमा ज्ञान दिने खालका कार्यक्रम पनि आयोजना गरेका हौँ । जसका लागि कल्चर ड्रेस प्रदर्शनीको आयोजना गरेको हौँ ।’

जिल्लामा नवस्थापित राजविद्या पाठशाला विद्या, सद्विद्या र ब्रह्मविद्याको संगमको रुपमा अगाडि बढिरहेको छ ।


