मगरजातीको पुर्खाको थलो मैकोट – Kanika Khabar
Friday, March 29Nepali News Portal

मगरजातीको पुर्खाको थलो मैकोट

    मा प्रकाशित


–के.बि.मसाल

बसन्त ऋतुको आगमन हुन थालेको छ । तपाई घुमफिर गर्ने सोचमा हुनुहुन्छ भने रुकुमपूर्वको पुथा उत्तरगंगा जानुहोस । रुकुमपूर्वका तीन स्थानीय तहमध्ये पुथा उत्तरगंगा सबैभन्दा ठूलो हो । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गरी ६ गाविस मिलाएर पुथा उत्तरगंगा गाउँपालिका बनाइएको हो । पुथा उत्तरगंगा गाउँपालिकामा १४ वडा छन् ।

भौगोलिक दृष्टिले रुकुमको उत्तरपूर्वी भूगोलमा रहेको मैकोट रमणिय मात्र होइन प्रकृतिसंग रमाउने पर्यटक पुग्नै पर्ने हुन्छ । प्रकृति र खाम मगर संस्कृति मात्र होइन मैकोट पर्या पर्यटनको लागि पनि भर्जिन गन्तब्य मानिन्छ । डोल्पा टे्रकिङ रुटको द्वारसमेत भएकाले मैकोट गाउँ पर्यटकलाई केहि दिन थकान मेटनको लागि पनि रमणिय र सुरक्षित स्थल मानिन्छ ।

लुम्विनी प्रदेशको पूर्वी रुकुमको मैकोट गाउँ ऐतिहासिक स्थल हो । खाम मगर जातिको बसोबासस्थल मैकोट पुन थरका मगरको उदगम थलो पनि हो । खाम मगर भाषामा मईको अर्थ पहलमान भन्ने बुझाउछ भने कोइ शब्दले हातहतियारले सुसज्जित भन्ने जनाउछ । बोल्ने क्रममा मइकोइ अपभ्रंश भई मैकोट भएको हो । अर्को अर्थमा मैकोटलाई पहलमानहरुको किल्ला भन्ने पनि गरिन्छ । तकसेरा, कोल, राङसी, हुकाम, रन्मा मैकोट, जाङ, सिस्ने, प्वाङ, काँडा, मोराबाङ, काक्री यी गाउँलाई सातगाउँ खोला अर्थात पर्वत क्षेत्र भनेर पनि चिनिन्छ । भौगोलिक दृष्टिले यी सबै गाउँ अति विकट र दुर्गममा पर्दछन । खाम मगर जातीको साझा क्लस्टर रहेको मैकोट मगर जातीको ऐतिहासिक पहिचान पनि हो । मैकोट पुगेपछि झारलुङ, पेल्माखार, योमाखार, पुछर, दुले, इम, तिँज्याङ गाउँ पनि पर्यटकहरुलाई घुमफिर गर्न रमणिय छन् ।

मैकोट पुग्ने पर्यटकहरुले खाम मगर जातीको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा, भाषाको समेत अध्यन गर्न सक्ब्दछन् । मैकोट गाउँका लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकहरुका लागि अर्को आकर्षण बन्दछ । पुर्वी रुकुमका अग्ला हिमालमध्ये चार वटा हिमाल मैकोट वरपर पर्दछ । चुरेन, पुथा हिउँचुली, दोगारी र साम्जाङ हिमालको सौन्दर्यको समेत अवलोकन मैकोटबाट गर्न सकिन्छ । हिमालको फेदीमा रहेका सुनदह, राक्षसदह, पार्वीवार्मी लगायतका दह अवलोकन र पेल्मा नजिकैको तातोपानी कुण्डमा प्राकृतिक तातो पानीले नुहाउन पाउदा मैकोट पुग्ने पर्यटक दङ््ग पर्दछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्