अपराधीलाई न्यायको कठघरामा उभ्याउन नेतृ सङ्ग्रैलाको आग्रह – Kanika Khabar
Friday, October 23Nepali News Portal

अपराधीलाई न्यायको कठघरामा उभ्याउन नेतृ सङ्ग्रैलाको आग्रह

    मा प्रकाशित

कनिका खबर
फागुन १, दाङ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भागरथी भट्टका हत्यारालाई यथाशीघ्र सार्वजनिक गरी न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् ।

नेतृ संग्रौलाले आज शनिबार एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानवीय संवेदना हराएको उल्लेख गरेकी छिन् । ‘यस्तो घटनाले मानव समुदायलाई नै स्तब्ध बनाएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

उनले यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहीका लागि निर्देशन गर्न अनुरोधसमेत गरेकी छिन् ।

डा सङ्ग्रौलाले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रहसमेत गरेकी छिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्