अबको निर्वाचनमा प्रचण्डको आधार किल्ला तोडिन्छ : मुख्यमन्त्री पोख्रेल – Kanika Khabar
Friday, October 23Nepali News Portal

अबको निर्वाचनमा प्रचण्डको आधार किल्ला तोडिन्छ : मुख्यमन्त्री पोख्रेल

    मा प्रकाशित

कनिका खबर
फागुन १, बुटवल ।
नेकपाको केपी ओलीको समुहले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको बृहत्त सभालाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आगामी निर्वाचनमा प्रचण्टका आधार किल्ला तोडिने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै पोख्रेलले भने, ‘रोल्पा, रुकुम लगायतका क्षेत्र प्रचण्डलाई आफ्नो आधार किल्ला लागेको होला, तर अबको निर्वाचनमा प्रचण्डको नेतृत्वमा होइन केपी ओलीको नेतृत्वमा रहेको पार्टीले विजयको झण्डा फहराउने छ ।’

अध्यक्ष, महासचिव समेत रहेको ओली नेतृत्वको पार्टी नै आधिकारिक पार्टी भएकोले अब पाटीृका विषयमा अलमल नपर्न समेत उनले आग्रह गरे । ‘आजको सभाले आधिकारिक को हो ? भन्ने बारे पुष्टि गरिसकेको छ ।’ उनले भने ।

सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशमा विकासका आधार तय भइरहेको बताए । उनले सातवटा प्रदेशमध्ये सबैभन्दा सक्षम प्रदेश लुम्बिीनी प्रदेश ्हेको दावी गरे । उनले थपे, ‘अझ यस प्रदेशको विकास र् सम्भावनाका लागि कुनै कसुर बाँकी रहने छैन ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्