मलाई काम गर्न सजिलो भएको छ : प्रधानमन्त्री ओली – Kanika Khabar
Saturday, October 24Nepali News Portal

मलाई काम गर्न सजिलो भएको छ : प्रधानमन्त्री ओली

    मा प्रकाशित

कनिका खबर
फागुन १, बुटवल ।
नेकपाको केपी ओलीको समुहले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको बृहत्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड — नेपाल समुह अलग भएका कारण आफूलाई काम गर्न सजिलो भएको बताएका छन् ।

आज बुटवलमा आयोजना गरिएको बृहत्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगत तीन वर्षसम्म गर्न नसकिएका काम गर्न अहिले सजलो भएको हो ।

पाटीृभित्र जहिले पनि किचलो झिक्ने तप्का पार्टीबाट अलग भएकोले विकासका काम र अन्य प्रशासनिक कामलाई गति प्रदान गर्न आफूलाई सजिलो भएको बताए । विकासका काममा अल्झन झिक्नेहरु पार्टीबाट अलग हुनु राष्ट्रका लागि नै राम्रो भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘पार्टीबाट कस्ता मान्छे गए ? किन गए होलान् भनने हैसियत नराखेका मान्छे गए ।’

लुम्बिनी ऐतिहासिक महत्व बोकेको स्थान भएका कारण पनि यस प्रदेशको विकासमा सरकारले कुनै कञ्जुस्याइँ नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रदेशको चौतर्फी विकासमा लागि काम गरिने बताए । अब छिट्टै भ्रष्टाचारलाई जरैबाट उखेल्ने बताउँदै देशबाट सडक बालबालिकाको व्यवस्थान र महिला जागरणका अभियानलाई अझ गतिशील गर्ने बताए ।

उनले भने, ‘ २०७८मा यो देशमा सडक बालबालिका भेटिने छैनन्, सडकमा बेसाहरा मानिस भेटिने छैनन् र कोही भोकै मर्ने छैनन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्