जिल्ला स्तरीय खो खो प्रतियोगिता सम्पन्न तुलसीपुरलाई पुरुष र महिलातर्फको उपाधि – Kanika Khabar
Thursday, October 22Nepali News Portal

जिल्ला स्तरीय खो खो प्रतियोगिता सम्पन्न तुलसीपुरलाई पुरुष र महिलातर्फको उपाधि

    मा प्रकाशित

लक्ष्मण बस्नेत
फागुन १, दाङ ।
दाङ तुलसीपुर अरनिको मैदानमा संचालित दोस्रो जिल्ला स्तरीय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को उपाधि तुलसीपुरले हात पारेको छ ।
दाङ जिल्ला खो खो संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ आयोजक तुलसीपुर ए ले सहिद स्मृति आवासीय माध्यामिक बिध्यालय ए लाई फाईनलमा ७ का विरुद्ध १२ अंक स्कोरले पाखा लगाउदै तुलसीपुरले उपाधि हात पारेको हो । त्यस्तै महिलातर्फ सहिद स्मृति आवासीय बि लाई १० का विरुद्ध २१ अंक स्कोरको फराकिलो अन्तर ले पाखा लगाउदै तुलसीपुरले उपाधि हात पारेको हो ।
स्थानीय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको थियो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पुरुष तर्फ बेस्ट रनर सुवास रावत,बेस्ट चेजर प्रदिप रोका मगर त्यस्तै महिलातर्फ बेस्ट रनर अमृता ओलि र बेस्ट चेजर जानुका चौधरी घोषित भए । सो अबसरमा १३ औ साग का पदकधारी खेलाडी र प्रशिक्षक लाई सम्मान गरिएको थियो । जस अन्तरगत दोस्रो स्थान पदकधारी दाङकी खेलाडी सुमित्रा चौधरी, तृतीय स्थानका पदकधारी खेलाडी रुन्देहीका भरत सारु मगर,बर्दियाका गौरव रोकाय, प्रशिक्षक उषा कवर मगर र सहभागी दाङका बेद वली सम्मानित हुनु भएको खो खो संघ दाङका सचिब दिपेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खो खो संघका कार्यबाहक अध्यक्ष जय बहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन सचिव दिपेन्द्र भण्डरीले गर्नु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्