लखन थापा स्मृति कप फुटबल को तयारी पुरा उद्घाटन खेलमा युनाईटेड र बिजौरी एफसी भिड्ने – Kanika Khabar
Sunday, October 25Nepali News Portal

लखन थापा स्मृति कप फुटबल को तयारी पुरा उद्घाटन खेलमा युनाईटेड र बिजौरी एफसी भिड्ने

    मा प्रकाशित

लक्षमण बस्नेत 

फागुन १, दाङ ।

प्रजातान्त्रिक  आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ भोलि आतवार देखि सुरु हुदैछ ।
नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला कमिटी दाङको संयुक्त ब्यबस्थापनमा दाङ तुलसीपुर अरनिको मैदान संचालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश न ५ का सामाजिक बिकास तथा खेलकुद मन्त्री सुदर्शन बराल मगर ले गर्ने कार्यक्रम रहेको छ ।

जहानियाँ राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृति दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।
यसैबिच आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी कार्य पूरा भएको जानकारी दिएको छ ।
सनिवार अरनिको खेल मैदान स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता को सम्पुर्ण तयारी कार्य पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता सञ्चालन मुल समितिका संयोजक घनश्याम पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगितालाई भब्य एवं सभ्य र बिबाद रहित बनाउन आफूहरु लागि परेको जानकारी दिईएको थियो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाइचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा युनाईटेड युथ क्लब तुलसीपुर र बिजौरी फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो २ बजे हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुन ले जानकारी दिनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्