फागुन १, बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रधानमन्त्री केपी शर्मा ओली निकट महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको बताउनुभएको छ ।
नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले पार्टी विभाजन भएको नभई पार्टी , देश र जनताको हित नचाहने केही व्यक्तिहरू चोइटिएर गएको बताउनुभयो । बुटवलमा जुटेको जनमतले पार्टी नफुटेको र पार्टी एक भएको तथा ओली नेतृत्वमै रहेको भन्ने पुष्टि गरेको बताउनुभयो ।
अर्थमन्त्री समेत रहनुभएका पौडेलले पूर्वपार्टीको लिगेसीका कारण केही नेताहरूलाई अप्ठ्यारो परेको भए पनि अलमलमा नपरी र अप्ठ्यारो नमानी ओली नेतृत्वमा आउन आग्रह गर्नुभएको थियो ।


