म्यारियो ड्रागीद्वारा इटलीको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण – Kanika Khabar
Friday, October 23Nepali News Portal

म्यारियो ड्रागीद्वारा इटलीको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    मा प्रकाशित

फागुन २, काठमाडौँ ।
इटलीको प्रधानमन्त्रीका रूपमा म्यारियो ड्रागीले शनिबार सपथ ग्रहण गरेका छन् । यूरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र इटलीमा केही हप्तादेखि राजनीतिक अन्यौलता कायम रहेको थियो ।

राष्ट्रपति सर्गियो माटेरेलाद्वारा उनलाई सपथ गराइएको हो । राष्ट्रपति भवनमा भएको सपथ कार्यक्रममा उनले भने, ‘म गणतन्त्रप्रति इमान्दार भई काम गर्ने प्रतिवद्धता जाहेर गर्छु ।’

सपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू गणतन्त्र इटलीको राजनीतिक स्थिरताका लागि इमान्दार रहने बताए । उनले भने, “म इटलीमा कोभिड–१९ का कारण परेको आर्थिक तथा सामाजिक समस्यालाई हल गर्दै अघि बढ्न नैतिक तथा विवेकपूर्ण तरिकाले लागिपर्नेछु ।”

यूरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका प्रधानमन्त्रीको आगमनसँगै रोमले कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण भूमिका निर्बाह गर्नेमा इटलीका जनता, राजनीतिक पार्टी, उद्योगपछि तथा व्यवसायी आशावादी बनेका इटलीका सञ्चारमाध्यमले बताएका छन् ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्