फागुन ३, काठमाडौँ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले बितेका तीन वर्षमा सरकारले प्राप्त गर्नुभएका उपलब्धिबारे जानकारी दिने बताइएको छ । दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ ।
पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेको रिटमाथि बहस जारी छ ।


