कनिका खबर
फागुन ३, दाङ ।
पछिल्लो समयमा प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसले प्रतिनिधि आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस चरणवद्ध आन्दोलनमा छ । आन्दोलनकै क्रममा आज देशभरका ७७ जिल्लामा प्रदर्शन गर्न लागिएको हो ।
दाङमा सशाङक
आजको काङ्ग्रेसले देशव्यापी रुपमा गर्न थालेको विरोधसभालाई सम्बोधन गर्न काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइराला दाङ आएका छन् । आज दाङमा हुने विरोध प्रदर्शन र सभालाई सम्बोधन गर्न कोइराला दाङ आएका हुन् । आजको विरोध प्रदर्शनमा सहभागी हुन दाङ काङ्ग्रेसले सबैमा आह्वान गरेको छ । पार्टी सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले एक विज्ञप्ति जारी गरी सरकारको असंवैधानिक कदम विरुद्ध सहभागी हुन सबैमा अपील गरेको छन् ।


