प्रदेश नं. ५ मा २ सय ९५ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

प्रदेश नं. ५ मा २ सय ९५ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १२, दाङ ।
पछिल्लो अध्यावधिक अनुसार प्रदेश ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ९५ जना पुगेको छ । यो सङ्ख्या सबै प्रदेशमध्ये बढी हो ।
आज अर्घाखाँचीका २, गुल्मीका २, कपिलवस्तुका २ र रुपन्देहीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ । संक्रमितमध्ये प्रदेश ५ का ३३ जना निको भएर घर फर्किसकेका छन् ।
प्रदेश ५ मा २१ हजार ३ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्