मानव बेचबिखनमा संलग्न पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मानव बेचबिखनमा संलग्न पक्राउ

    मा प्रकाशित

फागुन ४, काठमाडौं ।

श्रीलङ्का पु¥याई मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका–१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

प्याकुरेल र दुबईमा रहेका उनका सहयोगीको मिलेमतोमा एक महिलालाई भारतको दिल्ली हुँदै श्रीलङ्का पु¥याएको अनुउन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यहाँको मिनुवाङ्गोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलङ्काको प्रहरीले फेला पारी नौ महिना जेल राखेर नेपालस्थित माइतीनेपाल र श्रीलङ्कास्थित नेपाली दूतावासको सहयोगमा गत माघ ११ गते महिला नेपाल फर्किन सफल भएकी थिइन ।

उक्त घटनामा संलग्न रही फरार अभियुक्त प्याकुरेललाई प्रहरीले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

अभियुक्तविरुद्ध आज जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ । भइरहेको उक्त ब्यूरोले जनाएको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्