जनताको घरदैलाे सांसद चाैधरी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जनताको घरदैलाे सांसद चाैधरी

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ५ फागुन
प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले गढवा गाउँपालिका अन्तरगत विभिन्न वडाका स्थानीयहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ । सदस्य चाैधरीले पछिल्लो समय यता दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगतका विभिन्न पालिकामा पुगेर स्थानीयहरूकाे समस्य र पालिका विकासकाे कार्यक्रमलाई तीब्रता दिनु भएको हाे । आइतवार दाङको गढवा गाउँपालिका वडा नम्बर १ टहडा गाउँका स्थानीयहरूसंग समग्र गाउँ र स्थानीय दैनिकी जीवनमा आइपर्ने समस्या बारे वृहत् छलफल गर्नुभएको छ ।

गाउँ-घरमा खानेपानीको समस्या, बिजुली बत्ती, बाटाघाट लगायतको समस्या बारे सदस्य चाैधरीलाई ध्यानाकर्षण गराएका थिए । गाउँ घरकाे समस्या धेरै छन् । एउटा गाउँ देखि अर्को गाउँ जाेड्ने बाटाे नहुदा हामि स्थानीयले निकै सास्ती खेप्नुपरेको टहढा निवासी मिना गुरूङले गुनासो सुनाउनुभयो ।

यता प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले दुर्गम, दुरदराज र विकासले पछाडि परेका गाउँ बस्तीकाे मुहारमा परिवर्तन ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,-। मेराे पहिलो प्राथमिकता भनेकै जनताको जीवन कसरी उकास्ने सकिन्छ, सुखि नेपाली समृद्ध नेपाल कसरी बनाउने हाे त्यस तर्क ध्यान केन्द्रित भएको छ ।´ `ढुक्क हुनुहाेस् विकास मेरै पालामा हुन्छ । अब दुईवर्षमा निर्वाचन क्षेत्रमा परिवर्तन गरेर देखाउछु ।´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्