भागरथी हत्या : अपराधी सहपाठी, भागरथीका काकाकाे आराेपीबारे के भन्छन् ? यस्ताे छ१३ दिनसम्मकाे टाइम लाइन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भागरथी हत्या : अपराधी सहपाठी, भागरथीका काकाकाे आराेपीबारे के भन्छन् ? यस्ताे छ१३ दिनसम्मकाे टाइम लाइन

    मा प्रकाशित

फागुन ५, काठमाडौं ।

भागरथी हत्ययामा पक्राउ परेका आराेपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन्, विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्, बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीको बयान रहेकाे छ ।

भागरथीका काका शिवराज भन्छन्– घटनाकै दिनदेखि त्यो केटो डराएको थियो

भागरथी बेपत्ता भएको दिनदेखि हामी खोजीमा थियौँ । छिमेकी एउटा केटो केही डराए–डराएजस्तो देखिन्थ्यो । उसले बलात्कार र हत्या आफैँ गरेको वा देखेको हुन सक्ने हाम्रो विश्वास थियो । उसको असामान्य गतिविधि देखेर हामीले पनि निगरानी गरिरहेका थियौँ । भागरथीको बलात्कार र हत्याको विरोधमा भइरहेका विरोध प्रदर्शनमा पनि ऊ जाने गरेको थियो । समाजमा उसको पृष्ठभूमि नकारात्मक थियो । भागरथी र उसको घर नजिकै थियो, तर सम्बन्ध राम्रो थिएन । त्यसैले उसको परिवार बसाइँ सरेर एक किलोमिटर पर एकान्तमा गएको थियो । अहिले पुरानो रिसइबीको बहाना बनाएर यत्रो जघन्य अपराध गरेको छ । हामी धेरै दुःखी छौँ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ । 

टाइम लाइन

पहिलो दिन (२१ माघ) : विद्यालय गएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बेपत्ता । विद्यालयबाट नफर्किएपछि परिवारले खोजबिन सुरु गरे ।

दोस्रो दिन (२२ माघ) : साँझ घरबाट अढाई किलोमिटरनजिकै लवलेक जंगलमा शव भेटियो ।

तेस्रो दिन (२३ माघ) : बलात्कारपछि हत्या गरेको आशंका गर्दै विद्यार्थीले आन्दोलन थाले । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धानमा जुट्यो ।

चौथो दिन (२४ माघ) : घटनालाई लिएर आन्दोलन पनि चर्कँदै गयो । दोषी पत्ता नलगाएसम्म परिवारले शव बुझ्न मानेन । धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु ।

पाँचौँ दिन (२५ माघ) : घटनास्थल पुगेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानलाई साँघुरो बनाइदिएको दाबी गरे । बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा ।

छैटौँ दिन (२६ माघ) : पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि । बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । तर, घटनास्थलमा फेला परेको मोबाइल र भागरथीको फेसबुक एकाउन्टबाट सन्तोषजनक सुराग नमिलेको प्रहरीकै भनाइ ।

सातौँ दिन (२७ माघ) : प्रहरीको भनाइ थियो, ‘स्थानीय बासिन्दाबाट पर्याप्त सूचना नआउँदा अनुसन्धानमा केही ढिलाइ भयो । मोबाइल र सामाजिक सञ्जाललाई आधार बनाएर अनुसन्धान हुँदै छ ।’

आठौँ दिन (२८ माघ) : अनुसन्धान जारी । अनुसन्धानले गति नलिएकोमा परिवार, विद्यार्थी र स्थानीय असन्तुष्ट ।

नवौँ दिन (२९ माघ) : विद्यार्थीले आन्दोलन तीव्र बनाए । प्रहरीद्वारा केही व्यक्तिलाई निगरानीमा राखेको जानकारी ।

दशौँ दिन (३० माघ) : निर्मला पन्तदेखि भागरथी भट्टसम्मको बलात्कारपछि हत्याको विरोधमा राजधानीमा महिलाको सिंहदरबार मार्च । बैतडी सदरमुकाम गोठालापानीमा विद्यार्थीले थाल बजाएर विरोध गरे ।

एघारौँ दिन (१ फागुन) : सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीकोे टोलीको अनुसन्धान जारी । शव जिल्ला अस्पतालमै । निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्रीको भनाइ छ ।

एघारौँ दिन (२ फागुन) : अनुसन्धान जारी । सुदूरपश्चिम प्रदेश सभाका सामाजिक विकास समितिका सदस्यहरू घटनास्थल पुगे र परिवारसँग भेट गरे । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा परिवारलाई दुई लाख सहयोग ।

बाह्रौँ दिन (३ फागुन) : अनुसन्धान जारी ।

तेह्रौँ दिन (४ फागुन) : गृहमन्त्रीद्वारा अनुसन्धानमा नजिक पुगेको दाबी, बलात्कारपछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको साँझ पुष्टि ।          नयाँपत्रिकामा याे समाचार रहेेेेकाेे छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्