खाडी तथा मलेसियामा अलपत्र नेपालीको तत्काल उद्दार गरीने – Kanika Khabar
Saturday, March 22Nepali News Portal

खाडी तथा मलेसियामा अलपत्र नेपालीको तत्काल उद्दार गरीने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, दाङ ।

सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्दार गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता र उनीहरूको व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । बैठकले विपद व्यवस्थापन केन्द्र (सिएमसी) ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्दार सम्बन्धी कार्यविधि पारित गरेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्दार गरिनेछ ।

परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि सीसीएमसीको अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्