आज १८ औं कृष्ण सेन स्मृति दिवस – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज १८ औं कृष्ण सेन स्मृति दिवस

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १३, दाङ ।

आज १८ औं कृष्ण सेन इच्छुक स्मृति दिवस परेको छ । विभिन्न कार्यक्रमका माध्यमबाट पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको १८ औं स्मृति दिवस स्मरण गरिदै छ । सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार पछि महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरिएको थियो । आज उनको हत्या भएको १८ वर्ष पुगेको हो ।

निष्ठा र आदर्शको लागि राजनीति तथा पत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै जनवादी आस्थाका केन्द्र बन्न पुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे । कृष्ण सेनको पुख्र्यौली घर प्यूठान जिल्लाको साराङकोटमा थियो । उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके गा.वि.स. ७, सातमारामा बसाइँ सरेको थियो । उनका बुबा भारतीय सेनामा जागिरे थिए ।

वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । व्यक्तित्व बहुआयामिक व्यक्तित्व सेन पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । यसैबिच नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज १८ औं स्मृति दिवसको स्मरण गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाए वापत कृष्ण सेनलाई २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लव र सैन्य हिरासतहरुमा कठोर यातना दिई जेठ १३ गते हिरासतभित्रै हत्या गरेको थियो । लकडाउनका कारण भौतिकरुपमा उपस्थित भएर कृष्ण सेन स्मृति दिवस कार्यक्रम गर्ने अवस्था नभएकाले पत्रकार महासंघ केन्द्रीय कार्यालयको टिमको सहभागिता रहने गरी कृष्ण सेनसहित हत्या गरिएका पत्रकारहरुको सम्मानमा आज दिउँसो १ वजे महासंघ केन्द्रीय कार्यालयस्थित पत्रकार सहिद स्तम्भमा मौनधारण तथा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ ।’

यसैगरी नेपाल पत्रकार महासँघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन र सचिब भुपेन्द्र ओली, प्रेस सङगठन नेपाल दाङ शाखाका संयोजक प्रकाश चौधरी र सह संयोजक जे एन सागर तथा साँस्कृति महासँघ दाङका संयोजक टीका बुढा रञ्जितले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सेनको योगदानलाई स्मरण गराएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्