आज नेपाल प्रेस युनियनको स्थापना दिवस – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज नेपाल प्रेस युनियनको स्थापना दिवस

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, दाङ ।
आज नेपाल प्रेस युनियनको स्थापना दिवस परेको छ । लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएको हो । प्रजातन्त्र पुःनस्थपनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न अधिकार प्रत्यभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हितका र अधिकार प्राप्तिका लागि अग्रज पत्रकारहरूले युनियनको स्थापना गरेका हुन् ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेसागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्धेश्यलले तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो । स्थापनाकालदेखि नै यसले पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो संगठन यतिखेर व्यवसायिक तथा पेशागत रुपमा स्थापित छ ।

नेपालका सञ्चारकर्मीहरुलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्