भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो

    मा प्रकाशित

कनिका डेस्क
जेठ १३, दाङ ।
दक्षिण एसियाली मुलुक भारत पछिल्लो समय कोरोना भाइरसको केन्दबिन्दु बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६ हजार ५ सय ३५ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३ सय ८० पुगेको छ ।

मन्त्रालयका अनुसार, कुल संक्रमित भएकामध्ये ६० हजार स्वस्थ भएका छन् । यस्तै कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ४ हजार १ सय ६७ पुगेको छ । भारतको सैबभन्दा बढी प्रभावित बनेको महाराष्ट्र राज्यमा मात्रै हालसम्म कोरोनाका कारण ५२ हजार ६ सय ६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १६ सय ९५ पुगेको छ । यस्तै तमिलनाडु भारतको दोस्रो कोरोना प्रभावित राज्य बनेको छ । जहाँ हालसम्म १७ हजार ८२ जना संक्रमित भएका छन १ सय १८ जनाको मृत्यु भइसकेका छ । तेस्रो प्रभावित राज्य गुजरातमा भने हालसम्म कोरोना भाइरसका कारण १४ हजार ४ सय ६०, राजधानी दिल्लीमा १४ हजार ३५ र राजस्थानमा ७ हजार ३ सयभन्दा बढी नागरिक संक्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्