नयाँ लोगो लगाएर सांसदहरु संसदमा प्रवेश – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

नयाँ लोगो लगाएर सांसदहरु संसदमा प्रवेश

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, काठमाडौँ ।
आज नयाँ नक्सासहितको नयाँ लोगो लगाएर संसदहरु सदन प्रवेश गरेका छन् । योसँगै संघीय संसदमा परिवर्तित नयाँ लोगोको कार्यान्वयन भएको छ । नेपालको नयाँ नक्सासहित संघीय संसद्को लोगो अर्थात प्रतीक परिवर्तन भएको हो ।
अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगो परिवर्तन गरिएको हो । संघीय संसद्को नयाँ लोगो आजैको बैठकबाट प्रयोगमा ल्याइएको छ । भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसद्ले उक्त नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो । त्यही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्