चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झर्ने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झर्ने

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६।०७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलब ३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिनुभयो । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा शून्य दशमलव ०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको थियो ।

तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । यसअघि गत आर्थिक वर्ष २०७५÷०७६ मा नेपालको आर्थिक वृद्धि ६ दशमलव ७५ प्रतिशत भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा भने ६ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ । सरकार आउँदो वर्षको बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । भोली सरकारले बजेट सार्वजनिक गर्दै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्