कनिका डेस्क
जेठ १४, दाङ ।
बेलायत सरकारले कोरोना भाइरसको बिरामीका लागि रेमडेसिभिर औषधिलाई परीक्षणलाई अनुमति दिएको छ । बेलायतको बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बेलायतमा रहेका कोरोना संक्रमित बिरामीका लागि रेमडेसिभिर औषधिको क्लिनिकल परीक्षण सुरु गर्ने बताउनुभयो । उहाँले कोरोना महामारी सुरु भएपछि बिरामीको उपचारका लागि गरिएको यो हालसम्मकै ठूलो निर्णय रहेको बताउनुभयो । बेलायत सरकारका अनुसार केही सिमित अस्पतालमा मात्रै यसको प्रयोग गर्नलाई भने अनुमति दिइएको छ । तर, यो औषधिको सप्लाई कम भएका कारण गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अहिले औषधि उपलब्ध गराइने बेलायत सरकारले जनाएको छ । अमेरिका र जापानमा पनि यस औषधिको प्रयोग गर्न अनुमति दिइएको छ । तर, स्वास्थ्य विज्ञका अनुसार कोरोना बिरामीका लागि यो औषधि उपयोगी नै हुन्छ भन्ने कुनै प्रमाणित नभएको भन्दै चेतावनी दिएको छ ।