नेपालमा एकैदिन एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ४७ जिल्लामा फैलियो, संक्रमितको संख्या ८ सय ८६(जिल्लागत विवरण) – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपालमा एकैदिन एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ४७ जिल्लामा फैलियो, संक्रमितको संख्या ८ सय ८६(जिल्लागत विवरण)

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।
नेपालमा एकैदिन एक सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा एकसय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाका १७ जना, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एक जना र रौतहटका ७ जना, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १६ जना, प्रादेशिक अस्पताल पोखरामा गरिएको परीक्षणमा बागलुंगका ६ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पूर्व र दाङका गरि १८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

डा. देवकोटाले नेपालमा १ सय ३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय ८६ पुगेको भन्दै संक्रमितमध्ये ७ सय ९६ जना पुरुष र ९० जना महिला रहेको बताउनुभयो । यस्तै नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ८३ जना स्वस्थ भएका छन् । जसमा १ सय ४२ जना पुरुष र ४१ जना महिला रहेका छन् । नेपालमा हालसम्म ४७ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यस्तै हालसम्म पिसिआर विधिबाट ५८ हजार २ सय ७७ नमूना परीक्षण गरिएको छ भने दूत विधिबाट १ लाख ८७ नमूना परीक्षण गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्