अफ्रिकन सलह किराको रोकथामका लागि प्राविधिक समिति गठन – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

अफ्रिकन सलह किराको रोकथामका लागि प्राविधिक समिति गठन

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।
कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ ।

अफ्रिकी मुलुकमा देखिने सलह किरा नेपाल आउने सम्भावना बढेपछि मन्त्रालयले प्राविधिक समिति गठन गरेको हो । अफ्रिकी मुलुकमा देखिएको यो किरा अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको र नेपालमा समेत आउने सम्भावना बढेको भन्दै मन्त्रालय सचेत बनेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले बताउनुभयो ।

उहाँले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको भन्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्