न्यूजिल्याण्डका अस्पतालबाट सबै कोरोना संक्रमित डिस्चार्ज, अव कोरोना वाट छुट्कारा पाउदै – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

न्यूजिल्याण्डका अस्पतालबाट सबै कोरोना संक्रमित डिस्चार्ज, अव कोरोना वाट छुट्कारा पाउदै

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

न्यूजिल्याण्ड सरकारले अस्पताल भएका कोरोना भाइरसका संक्रमित बिरामीहरु सबै स्वस्थ भएर डिस्चार्ज गरिएको बताएको छ । न्यूजिल्याण्डको स्वास्थ्य विभागले यहाँका अस्पतालमा भएका अन्तिम बिरामी हिजो साँझ डिस्चार्ज भएसँगै अब असपतालमा कोरोना संक्रमित बिरामी नरहेको दावी गरेको छ ।

योसँगै न्यूजिल्याडमा कोरोना संक्रमितको संख्या शून्यमा झरेकोपनि विभागले बताएको छ । साथै पछिल्लो पाँच दिनदेखि न्यूजिल्याण्डमा एक जनापनि नयाँ कोरोना संक्रमित फेला नपरेकोपनि विभागले जनाएको छ ।

स्वास्थ्य विभागका अनुसार सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि अब मुलुकमा जारी लकडाउनलाई चरणवद्ध तरिकाले खोल्ने तयारी गरिएको छ । न्यूजिल्याण्डमा हालसम्म कोरोना भाइरसका कारण जम्मा एक हजार ५ सय ४ जना संक्रमित भएका छन् भने २१ जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्