ललितपुरका ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु – Kanika Khabar
Friday, September 29Nepali News Portal

ललितपुरका ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

कोरोनाभाइरसका कारण ललितपुरका एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको कोरोनाभाइरसका कारण मृत्यु भएको ललितपुर प्रहरीका एसएसपी टेकेन्द्र प्रसाद राईले बताए ।

ललितपुर भैंसेपाटीका स्थायी निवासी मृतकको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​

मृतकको शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्