बाँकेमा दोस्रोपटक अनिश्चितकालिन निषेधाज्ञा जारी – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

बाँकेमा दोस्रोपटक अनिश्चितकालिन निषेधाज्ञा जारी

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

बाँके प्रशासनले जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढदै गएपछि दोस्रोपटक निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अनिश्चितकालका लागि घोषणा गरिएको हो ।

बाँकेमा भर्खरै मात्र आएका सिडिओ रामबहादुर कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको पहिलो बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो । स्थिति सम्हाल्न नसकेको भन्दै बाँकेमा कुरुवाङ्गलाई ल्याइएको हो ।

बुधबार राति १२ बजे देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारीगरिएको सिडिओ कुरुवांङ्गले जानकारी दिए । ‘बुधबार १२ बजेदेखि अर्को आदेश नआउँदासम्म राजपत्रमा उल्लेख गरिएका आवश्यक सेवाहरु भोजनालय, औषधि पसल, फलफूल, तरकारी, खाद्यन्न पसल, अस्पताल, स्वास्थयकेन्द्र, ढुवानी, छापाखाना, बैंक, सुरक्षा, पेट्रोलिय पदार्थ, खानेपानी, फोहोरमैला संकलन, विद्युत, कृषि, पशुजन्य काम तथा वर्कशपजस्ता अत्यावश्यक सेवाहरु बाहेकका अन्य सेवारस्थलहरु अर्को आदेश नभइन्जेलका लागि बन्द हुनेछन्,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि बाँकेमा वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारीगरिएको थियो ।जिल्लामा अहिलेसम्म १७० जनामा कोरोना संक्रमण देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्