नयाँ आर्थिक वर्ष २०७७/०७८ का लागि आज बजेट वक्तव्य प्रस्तुत हुने  – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नयाँ आर्थिक वर्ष २०७७/०७८ का लागि आज बजेट वक्तव्य प्रस्तुत हुने 

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।
सरकारले आज नयाँ आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नु हुनेछ । आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउन लाग्नुभएको अर्थमन्त्री खतिवडाले विभिन्न क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गर्नुहुनेछ । सीमित स्रोतबीच आउने यस वर्षको बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना, कृषि र प्रविधिको क्षेत्रमा केही नयाँ कार्यक्रमसहित सार्वजनिक हुने अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् । प्रायः वर्षहरुमा अघिल्लै दिन राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गरिए पनि यसपटक त्यसो गरिएको छैन ।

गोप्य राखिएको बजेटबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज मात्रै ब्रिफिङ गर्ने अर्थमन्त्रीको योजना छ । मन्त्रिपरिषद् बैठकसमेत संसद् बैठक सुरु हुनु केही घण्टाअगाडि मात्रै बसेर बजेट पास गर्ने योजना सरकारको छ । कोरोना (कोभिड–१९) को संक्रमण फैलनुपूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत समितिले अर्थ मन्त्रालयलाई करिब साढे १७ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकिदिएको थियो ।

यही अंकका आधारमा सबै मन्त्रालयलाई छुट्टाछुट्टै सीमा पठाए पनि कोरोनापछिको परिस्थितिमा १५ प्रतिशत कम गरी बजेट प्रस्ताव गर्न अर्थले अरू मन्त्रालयहरुलाई निर्देशन दिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्