मुलुकमा जारी लकडाउनको विषयमा पुर्नविचार गर्न संसदमा बहस – Kanika Khabar
Thursday, March 23Nepali News Portal

मुलुकमा जारी लकडाउनको विषयमा पुर्नविचार गर्न संसदमा बहस

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।

संसदमा कोरोना संक्रमण रोकथामका लागि जारी ‘लकडाउन’ को विषयमा पुनर्विचार गर्न आवाज उठेको छ । प्रतिनिधिसभाको हिजो बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले लकडाउनका कारण सामाजिक र आर्थिक अवस्था अस्तव्यस्त भएको भन्दै जारी लकडाउनमा पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभयो । यस्तै, कांग्रेस सांसद राजेन्द्रकुमार केसीले कोरोना परीक्षणमा ‘आरडीटी अर्थात दु्रत परिक्षण प्रविधि गलत भएकाले तत्का रोक्न माग गर्नुभयो । यस्तै शून्य समयमा भाग लिएका अधिकांश सांसदहरुले भारतबाट दैनिक हजारौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिएपनि आवश्यक रुपमा कोरोना परीक्षण हुन नसकेको भन्दै प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराएर परीक्षण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै, सांसदहरुले रुकुम पश्चिममा घटेको घटना छानबिनको लागि संसदीय छानबिन समिति बनाउन र दोषीमाथि कारबाही गर्न सरकारसँग फेरि पनि माग गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्